काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ ।
आइतबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा भएको लक्की ड्र बाट एक लाख १९ हजार ६४ जनालाई १०–१० कित्ताका दरले शेयर परेको छ ।
भदौ ३० गतेदेखि असोज ५ गतेसम्म खुला गरिएको आइपिओमा कुल २१ लाख ९३ हजार ८२३ सदर आवेदन परेका थिए ।
आवेदन दिएका ३२ हजार ११ आवेदन अस्वीकृत भएका थिए । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।
जसमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरुका लागि, ३ प्रतिशत कम्पनिकाया कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डसहित लगानी कर्तालाई कम्पनिहरुलाई दिइएको थियो भने बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्साधारणका लागि खोलिएको थियो ।
सागर डिष्टिलरी लिमिटेडलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको
जनाउँछ । सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका–१ मा कर्पोरेट कार्यालय रहेको छ ।
FACEBOOK COMMENTS