काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ ।
आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआईबी स्रोतको भनाइ छ ।
दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ । खानतलासी गरेर प्रहरीले केही कागजात नियन्त्रणमा लिएको छ कि छैन भन्नेबारे खुलाएको छैन ।
नक्कली शरणार्थी प्रकरणदेखि अन्य डिलमा आरजुले भाइलाई मध्यस्तकर्ताको भूमिकामा राखेको सीआईबीको आशंका छ ।
FACEBOOK COMMENTS