काठमाडौँ । बंगलादेशले अफगानिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १५२ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
बंगलादेशका लागि परभेज होसैन इमोनले ५४ रन बनाए भने तान्जिद हसनले ५१ रन बनाएका थिए । त्यस्तै नुरुल हसनले २३ रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खानले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
अफगानिस्तानका लागि रहमनुल्लाह गुरबाजले ४० रन बनाए भने मोहमद नावीले ३८ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर रिशाद होसैन र तान्जिम हसन सकिबले २–२ विकेट लिएका थिए ।
यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १–० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज राती हुदैछ ।
FACEBOOK COMMENTS