काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।
जनकपुरका लागि सैफ हसनले सर्बाधिक अविजित ७१ रन बनाएका थिए भने विशाल शुस्लिंगले ४३, जिम्मी निशामले २७ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
विराटनगरका लागि इमरान शेखले सर्बाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए । त्यसैगरी आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए । त्यस्तै जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।
