काठमाडौं । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको दोस्रो खेलमा जित हासिल गरेको छ ।
शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा पुजा महतोले ३९ रन बनाएकी थिइन् भने कप्तान इन्दु बर्माले अविजित २७ रन बनाएकि थिइन् ।
यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ९१ रन बनाएको थियो । यो जितपछि नेपालले ५ खेलको सिरिजमा कमब्याक गर्दै १–१ को बराबरी गरेकोछ ।
अब सिरिजको तेस्रो खेल आइतबार हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS