काठमाडौं कालिमाटीको सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ ।
शनिबार परेको वर्षाका कारण काठमाडौं महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ । अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम भइरहेको छ ।
देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो समेत खसेका छन् । अहिले राजमार्गहरू पनि बन्द गरिएका छन् ।
FACEBOOK COMMENTS