काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ ।
मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
‘खराब मौसमका कारण अहिले आन्तरिक उडान स्थगित भएको छ। मौसम नखुल्दासम्म यो काम रहिरहने छ’, उनले भने ।
शनिबार मध्याह्न साढे १२ बजेसम्म त्रिभुवन विमानस्थलबाट विभिन्न सहरमा हुने २१ आन्तरिक उडान रद्द भएका छन् ।
यस्तै अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहेको शेर्पाले बताए ।
FACEBOOK COMMENTS