काठमाडौं । पाँचथरस्थित तमोर नदी नजिकै भएको बोलेरो जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा परेकाहरूको परिचय खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी वरिष्ठ सई (इन्सपेक्टर) मनोज यादवकाअनुसार चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने छ जना घाइतेलाई उपचारका लागि धरान पठाइएको छ ।
घटनास्थलमा अन्य व्यक्तिसमेत हुन सक्ने आशंकासहित अहिले खोजीकार्य जारी रहेको यादवले बताए ।
ताप्लेजुङबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो जिप पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके भन्ने ठाउँमा शनिबार आज विहान करिब ११ बजेतर दुर्घटनामा परेको थियो ।
जिप सडकबाट करिब ४०० मिटर तल पुगेको छ ।
FACEBOOK COMMENTS