काठमाडौं । बाराको कलैयामा गएको चौबिस घण्टामा ’अति भारी वर्षा’ मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो ३:२० बजे दिएको जानकारी अनुसार, कलैयामा २००.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
महाशाखाले जल तथा मौसम विज्ञान विभागले दिने जानकारी लिएर सुरक्षित रहन आग्रह गरेको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ ।
दश मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS