इलाम । इलाममा आएको पहिरोले १८ जनाको ज्यान लिएको छ । कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रलेलका अनुसार सूर्योदय नगरपालिका– १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका– १ पाटिगाउँमा ३, देउमाई नगरपालिका– ५ धारेमा १, देउमाई– ५ धुसुनेमा २,
फाकफोकथुम गाउँपालिका– ३ रातमाटेमा १ र इलाम नगरपालिका– ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको छ ।
FACEBOOK COMMENTS