काठमाडौं । बाढीका कारण लाङटाङ ट्रेकिङमा बेपत्ता भएका चार जनामध्ये तीनजना एउटै परिवारका रहेको खुलेको छ ।
बेपत्तामध्ये भक्तपुरको सूर्यविनायक नगरपालिका–४ का संस्कृति श्रेष्ठ, संगीता श्रेष्ठ र किशन श्रेष्ठ दिदीबहिनी र भाइ रहेको खुलेको हो ।
उनीहरूसहित अर्का रवि श्रेष्ठ पनि बेपत्ता छन् । उनी भक्तपुर नगरपालिका–१० का स्थायी बासिन्दा हुन् ।
सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लछुराम न्यौपानेका अनुसार, उनीहरू दसैँको टीकाको भोलिपल्ट असोज १७ गते ट्रेकिङका लागि लाङटाङ हिँडेका थिए ।
उनीहरू गोसाइकुण्ड गाउँपालिका–४ बेरिङ खोल्साले बगाउँदा बेपत्ता भएका हुन् ।
FACEBOOK COMMENTS