काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
अभ्यास खेल आज ओमानको ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड–१ मा नेपाली समय अनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
यो अभ्यास खेल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।
विश्वकप छनौट अन्तर्गत समुह बी मा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधबार खेल्दै छ ।
FACEBOOK COMMENTS