काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायूको प्रभाव रहेको र देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।
महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ र कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS