काठमाडौं । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल जितेको छ ।
मंगलबार सम्पन्न खेल नेपालले ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् ।
यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।
यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS