काठमाडौं । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले तीनवटै फिल्मको आठ दिनको ग्रस कमाई बुधबार सार्वजनिक गरेको हो । आठ दिनमा फिल्म ‘बलिदान’ ले सबैभन्दा बढी ३ करोड ७५ लाख ५३ हजार २५१ को ग्रस कमाई गरेको छ ।
त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १६० ग्रस कमाई गरेको छ । त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६ ९२ ग्रस कमाई गरेको छ ।
यसरी आठ दिनमा तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ ।
FACEBOOK COMMENTS