काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध हुने भएको छ ।
यसका लागि विरगञ्जमा रहेको किरण आँखा अस्पताल र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ ।
सम्झौतासँगै बैंकका ग्राहकहरुले आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्तगर्नसक्ने भएका छन ।
बैंकका ग्राहकहरुले उक्त अस्पतालमा ओपीडी, शल्यक्रिया, ब्रान्डेड,अप्टिकल ब्राण्ड नभएको अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
अस्पतालसंगको यो सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS