काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आज कार्यालय समयसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
बैंकले असोज २४ गते बुकक्लोज गर्ने भएको छ ।
बैंकले कात्तिक १२ गतेका लागि ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र करसहित १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछजन् ।
FACEBOOK COMMENTS