काठमाडौं । दसैँ विदापछि लगातार दुई दिन घटेको नेप्से आज सम्हालिएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार आज २२.५० अङ्क (०.८८%) ले बढेर नेप्से दुई हजार ५८२ दशमलव १८ विन्दुमा उक्लिएको छ ।
आज ३१३ वटा कम्पनीको एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर ५६ हजार ३२१ पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब २७ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रक मभने केही घटेको छ । हिजो बुधबार ३३५ कम्पनीका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ६३ हजार ५०९ पटक खरिद बिक्री हुँदा कुल पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएका थियो ।
यसअघि दुई दिनमा करिब १०४ अङ्कको गिरावट आएको थियो, तर यो साताको अन्तिम तथा दसैँपछिको तेस्रो कार्यदिनमा नेप्से केही सम्हालिएर लगानीकर्तामा निराशा हटाउने प्रयत्न गरेको थियो । त्यसो त अजा बजार खुल्नेबित्तिकै चार प्रतिशत बढे सकारात्मक सर्किट नै लागेको थियो । तर, उक्त वृद्धिले स्थायित्व नपाउँदा बजारमा सामान्य वृद्धिमात्रै रह्यो ।
दुई दिन उच्च अंकले घटेको नेप्सेमा लाग्यो सकारात्मक सर्किट, यस्तो छ कारण
FACEBOOK COMMENTS