काठमाडौं, साउन १५ – सेलकमको सेलपे सेवाले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन वार्षिकोत्सव अफर लिएर आएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरुले साउन १६का दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिक्तम रु। १००० सम्म) क्यास ब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ ।
यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको सेलपेले जनाएको छ ।
FACEBOOK COMMENTS