काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) देवेन्द्र सुवेदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासकाट दुई ट्रक पैसा निकालिएको दाबी गरेका छन् ।
गत भदौ २३ गते जेन्जी आन्दोलन हुनुभन्दा दुई दिनअघि प्रचण्ड निवासमा दुई ट्रक पैसा निकालेर कतै सुरक्षित स्थानमा लगिएको दाबी उनको छ । चर्चित पत्रकार टीकाराम यात्रीको ‘टक शो’ तमसोमा ज्योतिर्गमयमा कुराकानी गर्ने क्रममा पूर्वएआईजीपी सुवेदीले उक्त दाबी गरेका हुन् ।
माओवादीकै पूर्वमन्त्रीहरूले स्कर्टिङ गरेर उक्त पैसा अन्त कतै लगिएको उनले बताएका छन् । सम्भवत: भदौ २३ र २४ गते भएको नरसंहार र विध्वंशकारी घटनाको पूर्वानुमान माओवादीहरूलाई भएरै उक्त पैसा कतै सुरक्षित स्थानमा लगिएको हुनसक्ने उनको आशङ्का छ ।
पत्रकार यात्रीसँगको कुराकानीको सन्दर्भमा उनले भनेका छन्–
आई होप, मेरो इन्टेलिसेन्स रङ होस् । प्रचण्डको दुई करोड/दुई ट्रक पैसा दुई दिनअघि त्यहाँबाट निकालिएको छ । दिस इज माइ इन्टेलिजेन्स आई होप दिस सुड बि रङ । म चाहादिनँ कि त्यो लेभलमा पुगेको मान्छेहरूको उ… होस भनेर ।
म त अनुमान गर्न सक्छु, म त डटहरू कनेक्ट गर्न सक्छु । किन निकालियो ? संयोग थियो ? सोध्न सक्नुहुन्छ । हरेक अंश–अंश तपाइँको… । ड्राइ इन्टेलिजेन्सको कुरा गर्दै छु म । नेपाल सानो छ सबैलाई सबै कुरा थाहा हुन्छ । माओवादीको पूर्वमन्त्रीले स्कर्ट गरेर निकालिएको छ, त्यहाँबाट कतै सेफ हाउसमा राखिएको छ, कता राखिएको छ त्यो उनीहरूलाई थाहा छ ।
FACEBOOK COMMENTS