काठमाडौं । स्कटल्यान्डका विस्फोटक ब्याट्सम्यान जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
विराटनगरले ३२ वर्षीय ब्याट्सम्यान मुन्सीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा उनलाई भित्राएको छ ।
उनले स्कटल्याण्डका लागि हालसम्म ८१ टी-२० अन्तर्राष्ट्रिय खेलमा खेल्दै २३०२ रन बनाएका छन् । जसमा २ शतक र १३ अर्धशतक सामेल छन् । मुन्सीले स्कटल्याण्डको राष्ट्रिय टिम बाहेक विभिन्न टी-२० लिगमा खेलेका छन् ।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना जस्ता स्वदेशी खेलाडी रहेका छन् ।
एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ सम्म हुँदैछ । एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् ।
FACEBOOK COMMENTS