काठमाडौं । नबिल बैंकका अनुसार नबिल एसएसई नबिल विद्यालय समाजउद्यमशीलताका दुई कार्यक्रममा सहभागी हुन चाहनेका लागि आवेदन खुला गरेको छ ।
इच्छुक व्यक्तिहरूले नबिल बैंकको वेबसाइट तथा नबिल एसएईको सोसल मिडियामार्फत आवेदन दिन आग्रह गरिएको छ ।
नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा व्यवसाय मोडल विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च भएको जनाएको छ ।
यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ
नबिल एसएसई फेलोसिप कार्यक्रमफेलोशिप कार्यक्रम
उद्देश्य: जीविकोपार्जन, सीप विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला र समुदायको हित, ऊर्जा लगायत विभिन्न क्षेत्रहरूमा सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने। साझेदारी: त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट सँगको सहकार्यमा सञ्चालित ।
लक्ष्य: दिगो विकासका लक्ष्यहरूमा योगदान पुर्याउने गरी समाज र वातावरणमा सकारात्मक प्रभाव पार्ने विचारहरूलाई व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने
अवधि: ६ महिनाको गहन कार्यक्रम, जसमा कुल एक वर्षसम्म मेन्टरिङ प्रदान गरिनेछ । प्रति महिना ३ दिन भौतिक रूपमा सिकाइ कार्यक्रममा सहभागी हुनुपर्ने ।
कुल १८ दिन आवासीय कार्यक्रममा सहभागिता हुनेछ ।
नतिजा: कार्यक्रमको अन्त्यमा सहभागीहरूले लगानीका लागि तयार उद्यम वा बजारमा उत्पादन/सेवा लिएर जान सक्ने व्यवसाय स्थापना गर्न सक्षम हुनेछन् र वित्तीय संस्था/लगानीकर्ताहरूलाई आफ्नो व्यापार योजना प्रस्तुत गर्न सक्नेछन्।
योग्यता मापदण्ड:
नेपाली नागरिक र १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्ने। नेपाली र अङ्ग्रेजी दुवै भाषाको कार्यमूलक ज्ञान हुनुपर्ने। आफूले समाधान गर्न चाहेको सामाजिक समस्याको पहिचान गरेको र त्यसको सम्भावित समाधान विचारमा वा कागजातमा तयार भएको हुनुपर्ने।
कार्यक्रमको ६ महिनासम्म हरेक महिना ३–४ दिन समय दिन प्रतिबद्ध हुनुपर्ने (न्यूनतम ९०% उपस्थिति अनिवार्य बोर्डिङ र लजिङ सुविधा बैंकले प्रदान गरे तापनि कार्यक्रममा सहभागी हुन लाग्ने यात्रा खर्च भने स्वयंले वहन गर्नुपर्ने।
छनोट प्रक्रिया: दुई चरणमा हुनेछ। आवेदन फारमको समीक्षा गरिएपछि छनोट भएका आवेदकहरूलाई व्यक्तिगत अन्तर्वार्ताका लागि बोलाइनेछ।
सामाजिक उद्यमशीलतामा प्रमाणपत्र पाठ्यक्रम साझेदारी: नबिल एसएसईले नेपालका सबै सातवटै प्रदेशका ७ शैक्षिक संस्थाहरू सँगको सहकार्यमा यो पाठ्यक्रम सञ्चालन गरिरहेको छ । उद्देश्य: नयाँ उद्यमी, विद्यमान उद्यमी, विद्यार्थी र
आफ्नो क्षेत्रमा सामाजिक उद्यमशीलताको विकासमा योगदान दिन चाहने व्यक्तिहरूलाई सामाजिक उद्यमशीलताका बारेमा जानकारी प्रदान गर्ने सहभागीहरू: १८ वर्षभन्दा माथिका सामाजिक समस्या पहिचान गरेका वा सामाजिक उद्यमशीलता सिक्न चाहने कुनै पनि व्यक्ति सहभागी हुन सक्नेछन्।
पाठ्यक्रमले प्रदान गर्ने कुराहरू:
एक सामाजिक उद्यमी बन्न आवश्यक व्यावहारिक पक्षहरूको सिकाइ। अनुभवी उद्यमी, विज्ञ र अभ्यासकर्ताहरूबाट सिक्ने अवसर। विविध पृष्ठभूमिबाट आएका साथीहरूसँग सिक्ने अवसर र सञ्जाल विस्तार। एक्सपोजर भ्रमणमार्फत व्यावहारिक अनुभवहरू सिक्ने अवसर।
बैंकबाट लगानीयोग्य (द्यबलपबदभि) व्यापार योजना विकास गर्न सहयोग। अवधि: ३ महिनाको अवधिमा जम्मा १४ दिनको पाठ्यक्रम पहिलाका सहभागीहरूको अनुभव: उनीहरूले आफ्नो आत्मविश्वास बढेको, नयाँ विचार र बजारको ज्ञान
पाएको, जोखिम वहन गर्ने क्षमता बढेको, समान विचारधारा भएका व्यक्तिहरूसँग भेटघाट र सञ्जाल विस्तार भएको तथा सिकाइ वातावरणले मद्दत गरेको अनुभव बाँडेका छन्। बैंकको भनाइ अनुसार, यस कार्यक्रममार्फत हालसम्म १७ हजारभन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको छ ।
FACEBOOK COMMENTS