काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको अन्तिम जानकारी प्राप्त भएको छ ।
आज सकुशल रिहाइ हुने आशा गरिएका जोशी जीवित नरहेको जानकारी इजरायली सेनाका अधिकारीले दिएका हुन् । सकुशल रिहाइ हुने आशा गरिएको केही घण्टाअघि आईडीएफका अधिकारीले ‘विपिन इज नो मोर’को जानकारी दिएका हुन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी आमा पद्मा, बहिनी पुष्पा, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडिओ कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ ।
उनी जीवित नरहेको खबर सार्वजनिक भएपछि नेपालीहरू स्तब्ध बनेका छन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिनलाई गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएको थियो । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए । विपिनलाई भने हमास लडाकुहरूले सँगै लगेका थिए ।
यो पनि पढ्नुहोस्–
गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण
FACEBOOK COMMENTS