काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ ।
सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाचसिरिज र बड्सलाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन् ।
सामसङको नयाँ फ्ल्यागशिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ ।
यो विशेष मल्टिबाइ अफरले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच क्लासिक वा बड्सजस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउँछ ।
यी उपकरणहरू रक्तचाप जस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी, द्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन् ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने “सामसङमा, हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ ।
यस मल्टी–बाइ अफर मार्फत, हामी हाम्रा ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहन्छौं, स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्म; सबै एउटै एकीकृत इकोसिस्टम भित्र ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।
FACEBOOK COMMENTS