काठमाडौँ । आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदैछ ।
नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि।सं। २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो ।
घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले यो दिवस मनाईन्छ ।
ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पुर्याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन ।
FACEBOOK COMMENTS