काठमाडौं । जेन जी अन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीका नाममा विभिन्न सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा ‘फेक अकाउण्ट’ खोलिएको पाइएको छ ।
कार्कीका नाममा फेसबूकलगायत साामाजिक सञ्जालमा नक्कली अकाउण्ट खोलेर विभिन्न सूचनाहरू सम्प्रेषण गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।
यसक्रममा ब्यूरोले केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ गरेको छ तर हालसम्म कोही पक्राउ भने परेका छैनन् ।
प्रधानमन्त्रीका नाममा अहिलेसम्म सामाजिक सञ्जालमा २६ वटा नक्कली अकाउण्ट खोलेको पाइएको छ । तीमध्ये कतिपय अकाउण्ट बन्द भइसकेका छन् भने कतिपय बन्द हुने प्रक्रियामा छन् ।
FACEBOOK COMMENTS