काठमाडौँ । युएई टी-२० विश्वकपका लागि छनौट भएको छ । ओमानमा जारी एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको विश्वकप छनौट खेलमा आज जापानलाई पराजित गरेसँगै नेपाल र ओमानसँगै युएई विश्वकपमा छनौट भएको हो ।
जापानले दिएको केवल ११७ रनको लक्ष्य पछाएको युएईले १२.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि जापानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर ११६ रन बनाएको थियो ।
योसंगै जापान, कतार र सामाओ भने विश्वकपमा छनौट हुन असफल भएका छन् ।
अब सुपर सिक्स अन्तर्गत आज कतार र सामाओबीच खेल हुने छ भने शुक्रबार सुपर सिक्सका अन्तिम खेलमा जापान र ओमान तथा नेपाल र सामाओ खेल्ने तालिका रहेको छ
FACEBOOK COMMENTS