काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय र अमेरिका स्थित साइबर सेक्युरिटी कम्पनी रिसेक्युरिटीबीच आईटी र कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई पेड इण्टर्नसिपको अवसर दिने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
डीन भोलानाथ घिमिरे र रिसेक्युरिटी कम्पनीका बिजनेस हेड राजन राज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बिजनेस हेड पन्तले आईटी जनशक्तिको बढ्दो मागलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई काम सिक्दै पढ्ने अवसर प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताए ।
डीन घिमिरेले पूर्वाञ्चल विश्वविद्यालयले साइबर कानुन, डाटा सुरक्षा लगायतका समसामयिक विषयहरू समेट्दै आईटी पाठ्यक्रमहरू तयार गरिरहेको उल्लेख गर्दै, रिसेक्युरिटीसँगको सहकार्य विश्वविद्यालयका लागि कोसेढुंगा सावित हुने बताए। उनले इच्छुक विद्यार्थीहरूलाई आईटी अध्यापन गरिरहेका कलेजहरूसँग सम्पर्क गर्न पनि आग्रह गरे ।
यस अवसरमा रिसेक्युरिटीका बिजिनेस हेड राजन राज पन्तले आफूलाई निकै धेरै संख्यामा आइटी जनशक्ति चाहिने र आइटी पढ्ने विद्यार्थीले काम गर्दै पढ्न पाउने अवसर हुने भएकोले दक्ष जनशक्ति उत्पादन भइ आइटीको विश्व बजारमा बिक्ने अवसर भएको हुंदा युएस स्थित हाम्रो यो रिसेक्युरिटी कम्पनीले पूर्वान्चल विश्वविद्यालयसंग एमओयु गरेको प्रष्ट पारे ।
FACEBOOK COMMENTS