काठमाडौं । चीनले दुई शीर्ष सैन्य अधिकारीहरू सहित सात अधिकारीहरूलाई बर्खास्त गरेको छ ।
मिडिया रिपोर्टका अनुसार, रक्षा मन्त्रालयले यसमा जनरल हे वेइडोङ र नौसेना एडमिरल मियाओ रहेको जनाएको छ । भ्रष्टाचारको आरोपमा उनीहरूलाई सेना, कम्युनिष्ट पार्टी र सेनाबाट निष्कासन गरिएको बताइएको छ । यसलाई यो २०२३ मा सुरु भएको राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सबैभन्दा महत्त्वपूर्ण कारबाही मानिएको छ ।
हे वेइडोङ चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष थिए, जुन जनमुक्ति सेनामा दोस्रो उच्चतम पद हो । यो आयोगले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सेनाको सर्वोच्च कमान्ड राख्छ । उनी मार्च २०२५ देखि सार्वजनिक रूपमा देखिएका थिएनन् । त्यस्तै एडमिरल मियाओ नौसेना एडमिरल र सेनाका पूर्व शीर्ष राजनीतिक अधिकारी थिए । उनलाई जुनमा केन्द्रिय सैन्य आयोगबाट हटाइएको थियो र नोभेम्बर २०२३ देखि अनुसन्धानमा थियो ।
हे वेइडोङलाई सी जिनपिङका नजिकका सहयोगी मानिन्छ । दुवैले १९९० को दशकमा फुजियान र झेजियाङ प्रान्तमा सँगै सेवा गरेका थिए । २०२२ मा उनलाई सिधै सीएमसीको उपाध्यक्ष पदमा नियुक्त गरिएको थियो, जुन पद सामान्यतया उच्च आयोगमा सेवा गरेपछि राखिएको हुन्छ । जनरल मियाओलाई सी जिनपिङले व्यक्तिगत रूपमा छनोट गरेका थिए। जनरल मियाओ हुआ चीनको केन्द्रीय सैन्य आयोग ९सीएमसी० का सदस्य र यसको राजनीतिक कार्य विभागका निर्देशक थिए । नोभेम्बर २०२४ देखि उनी भ्रष्टाचारको अनुसन्धानमा थिए । मियाओ चिनियाँ सेनामा कम्युनिष्ट पार्टीको विचारधाराको व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । मियाओलाई राष्ट्रपति सी जिनपिङले व्यक्तिगत रूपमा छनोट गरेका थिए र सी सत्तामा आएपछि उनको करियर द्रुत गतिमा अगाडि बढ्यो ।
पाँच अन्य निष्कासित अधिकारीहरूमा हे होङजुन (पूर्व वरिष्ठ पीएलए अधिकारी), वाङ सिउबिन (सीएमसी संयुक्त अपरेशन कमाण्ड सेन्टर), लिन सियाङयाङ (पूर्व पूर्वी थिएटर कमाण्डर), पीएलए र नौसेनाका दुई पूर्व राजनीतिक कमिसारहरू (नामहरू अझै सार्वजनिक गरिएको छैन) ।
चिनियाँ विश्लेषकहरूले यो कार्य राष्ट्रपति सी जिनपिङको सेना र पार्टीमा भ्रष्टाचार कम गर्ने मिशनको एक हिस्सा भएको बताएका छन् । एट्लान्टिक काउन्सिलको ग्लोबल चाइना हबका विज्ञ वेन-टी सुङले भनेका छन्- ‘सी जिनपिङले निश्चित रूपमा पार्टी सफा गर्दै हुनुहुन्छ । हे र मियाओलाई हटाइएपछि, उनी अब केन्द्रीय सैन्य आयोगमा नयाँ नियुक्तिहरू गर्न सक्षम हुनेछन्, जुन मार्चदेखि आधा खाली छ ।’
यो घोषणा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको चौथो बैठकको केही दिन अघि आएको हो, जहाँ थप निर्णयहरू गरिनेछ ।
यसअघि, चीनले भ्रष्टाचार विरोधी कार्यक्रमको एक भागको रूपमा दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई उनीहरूको पदबाट हटाएको थियो । जसमा नौसेना प्रमुख भाइस एडमिरल ली हान्जुन र चाइना नेशनल न्यूक्लियर कर्पोरेशनका उपप्रमुख इन्जिनियर लिउ शिपेङ पनि थिए । भ्रष्टाचारका कारण यी अधिकारीहरू विरुद्ध कारबाही गरिएको थियो । चीनमा भ्रष्टाचारले चिनियाँ सेनालाई कमजोर बनाइरहेको विश्लेषणसहित २०२३ देखि सेनामा भ्रष्टाचार विरोधी अभियान चलिरहेको छ, जस अन्तर्गत अहिलेसम्म धेरै अधिकारीहरूलाई हटाइएको छ ।
राष्ट्रपति बनेदेखि, सी जिनपिङले सेनामा भ्रष्टाचार रोक्न काम गरिरहेका छन् । २०२४ मा, चीनका रक्षामन्त्री डोङ जुनलाई पनि भ्रष्टाचार विरोधी अभियानमा नाम दिइएको थियो, जसपछि उनको विरुद्ध अनुसन्धान सुरु गरिएको थियो । यसअघि, दुई पूर्व रक्षामन्त्रीहरू, ली शाङ्फु र वेई फेङ्हेलाई उनीहरूको पदबाट हटाइएको थियो । सीको लक्ष्य सेनामा कम्युनिष्ट पार्टीप्रति वफादारी सुनिश्चित गर्नु र यसलाई विश्वव्यापी महाशक्ति बनाउनु हो । विज्ञहरू यो कार्य भ्रष्टाचार हटाउने र सी जिनपिङको शक्तिलाई अझ सुदृढ गर्ने योजनाको एक हिस्सा भएको बताउछन् ।
FACEBOOK COMMENTS