काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धका क्रममा बन्धक बनाएर मारेका विपिन जोशीको शव नेपाल ल्याइएको छ ।
उनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
उनीप्रति प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरूलगायतले विमानस्थल श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ ।
अध्ययनको शिलशिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
FACEBOOK COMMENTS