काठमाडौं । पाकिस्तानमा टमाटरको मुल्य आकाशिएको छ ।
पाकिस्तानका विभिन्न शहरहरूमा टमाटरको मूल्य प्रति किलो ५०० देखि ७०० पाकिस्तानी रुपैयाँसम्म पुगेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कराँची र इस्लामाबादका तरकारी बजारहरूमा आइतबार राति टमाटरको थोक मूल्य प्रति किलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रति किलोग्राम ५०० रुपैयाँ थियो । कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेडाको मूल्य प्रति किलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ ।
व्यापारीहरू टमाटरको मूल्य बढ्नुमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध, वर्षा र बाढीका कारण बालीमा क्षति र बलुचिस्तानमा खेतीमा कमी जस्ता कारण रहेको बताउछन् ।
उनीहरूका अनुसार पञ्जाबमा आएको बाढीले अन्य तरकारीको मूल्य पनि बढाएको छ र हाल यी मूल्यहरूमा कमी आउने सम्भावना कम रहेको बताइएको छ ।
FACEBOOK COMMENTS