काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४६ को शुभकामना दिदै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
साथै उनले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलेर सद्भावको सुगन्ध फैलाउदै राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्- आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली ( हाम्रो शक्ति हो । विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं। राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं । सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना १
FACEBOOK COMMENTS