काठमाडौं । इलाम र प्युठानबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका(९ धजेडाँडा बस्ने ५२ वर्षीय टेकनाथ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । टेकनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।
त्यस्तै ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको मल्लरानी गाउँपालिका(२ कौछे बस्ने ५५ वर्षीय खुमनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ । खुमनाथले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठान समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS