काठमाडौं । आज दुई जना मन्त्रीको मात्रै शपथ हुने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ४ जना मन्त्रीको नाम सिफारिस गरेकी थिइन् ।त्यसमध्ये २ जनाको मात्रै आज शपथ हुने स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीहरू दुई जनाको मात्रै आज शपथ हुनेछ ।
प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो।
श्रेष्ठले भूमि मन्त्री बन्ने कि नबन्ने छलफलमै रहेको बताएका थिए ।साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए । उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएको छ ।

त्यसैले आज दुई जना मन्त्रीको मात्रै शपथ हुन लागेको हो।

FACEBOOK COMMENTS