बुटवल । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्नेमा अझै पनि सडक सहज भएको छैन ।
बर्षा रोकिए पनि सडक हिलो हुदा र बिग्रिएका सवारीसाधनका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
हरेक दिन दाउन्ने सडक खण्ड पार ४–५ घण्टा लाग्ने गरेको छ । स्थानीय प्रशासनले दाउन्नेमा सडक चिप्लो र जाम लामो भएकाले यो खण्ड भएर चल्ने सवारी र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले सडक एकतर्फी मात्र सुचारु रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रहरीले भनेको छ:
जिल्ला नवलपरासी(बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गा.पा. वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बाटो चिप्लो,उकालो तथा सवारी साधन बिग्रिएको कारणले सवारी साधन आवगमनमा असहज भएको कारणले दुवै तर्फ चल्ने सवारी साधनको चाप रहेको र बाटो एक तर्फी संचालनमा रहेको हुनाले बैकल्पिक मार्गको प्रयोग गर्नु हुन सम्पुर्ण महानुभावहरुमा अनुरोध गर्दछौं ।

FACEBOOK COMMENTS