काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५एफई सार्वजनिक गरेको छ ।
यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन् ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस २५एफईले भोइस, टच र भिजुवल अन्तक्र्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ ।
वास्तविक–समय सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन–स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, एस २५एफई दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।
ग्यालेक्सीएस २५एफईले यसको एआइ–संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२:ए फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर ज्म्च् मार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ। जेनेरेटिभ एडिट, पोट्र्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो भमष्तलाई सहज बनाउँदै,

अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो–मोशन क्लिपहरू सिर्जना गर्दछ। अटो ट्रिमको साथ, स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।

FACEBOOK COMMENTS