काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकार उद्योग–व्यवसायलाई सुरक्षा दिन प्रतिबद्ध रहेको बताएका छन् ।
आज शनिवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले अहिलेको सरकारले निजी क्षेत्रलाई विगतमा भन्दा अझ रचनात्मक हिसाबले सुरक्षा दिने बताए ।
उनले अर्थतन्त्रको जगेर्ना नभए कानुनी राज्यको जगेर्ना हुन नसक्ने भन्दै सरकारले यसका लागि विशेष रणनीति अपनाउने बताए ।
अथतन्त्रको जगेर्नाका लागि कानुनी राज्यको जगेर्ना र कानुनी राज्यको जगेर्नाका लागि अर्थतन्त्रको जगेर्ना अपरिहार्य रहेको उनको भनाइ छ ।
वर्तमान सरकार जेन जी आन्दोलनले उठाएको सुशासनको मुद्दसहित गठन भएकाले सुशासनको अभ्याससँगै सुरक्षाको प्रत्याभूति आफै बढ्दै जाने बताए ।
FACEBOOK COMMENTS