काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई राहत र सहयोगका लागि सरकारले कुनै कसर बाँकीनराख्ने बताएकी छन् ।
आज शनिवार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ’राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा उनले व्यापार–व्यवसाय संचालनका लागि नीतिगत गाँठोहरू फुकाउँदै लगिने बताइन् ।
जेन जी आन्दोलनमा राज्यविहीनताको फाइदा उठाउँदै केही आपराधिक समूहले निजी क्षेत्रमाथि आक्रमण गरेको भन्दै उनले संलग्नहरूलाई पहिचान गरि कारबाही गरिने बताइन् । निजी क्षेत्रबिना देशको विकास असम्भव रहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS