काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन् ।
चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् ।
सुझाव पेश गरेको बारेमा तोसिमाले भनेकी छन्– ’कुरो सिम्पल छ, रवि लामीछानेप्रति सधैँ सम्मान छ, रहन्छ । विधिवत् तरिकाले विस्तारीत बैठकमा रिफर्मेसन मार्गचित्र दर्ता गराएको छु । प्रस्तुत गरी सम्पूर्ण घन्टी मित्र समक्ष स्पष्ट पार्न पाउने कुरामा आशावादी छु ।’ उनले तीन पन्ने सुझाव पेस गरेकी छन् ।
शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको विषय पनि विवादमा पारेको छ । यस विषयमा केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए । रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए । बैठक आजै सकिने तालिका रहेको छ ।
FACEBOOK COMMENTS