काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले भारतको नयाँ दिल्लीमा भएको विस्फोटबाट स्तब्ध र मर्माहत भएको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले दु:खको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन् ।
हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।
यस दु:खको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ ।
FACEBOOK COMMENTS