काठमाडौं । कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै, मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिनेलगायतका निर्णयहरू गरेको छ ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहहरू–




FACEBOOK COMMENTS