काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताका प्रयोगकर्ताहरूका लागि तयार गरिएको ग्यालेक्सी बड्स ३ एफई सार्वजनिक गरेको छ। यो नयाँ ट्रू–वायरलेस इयरबड्स आकर्षक डिजाइन, स्मार्ट सुविधा र उत्कृष्ट प्रदर्शनका कारण बजारमा चर्चामा आएको छ ।
सामसङका अनुसार ग्यालेक्सी एआई प्रविधि र आइकोनिक ब्लेड डिजाइनसहितको यो बड्सले सामसङको ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो प्रविधिको नयाँ अध्याय शुरु गरेको छ। ग्यालेक्सी बड्स ३ एफई लाई उत्कृष्ट ध्वनि गुणस्तर र उन्नत सुविधाहरू प्रदान गर्न तयार गरिएको हो।
यसमा ठूलो स्पिकर, एक्टिभ न्वाइज क्यान्सेलेसन (एएनसी) सुविधा र क्रिस्टल क्लियर कल टेक्नोलोजी समावेश छन् । यी सुविधाले ब्याकग्राउन्डको आवाज घटाएर गहिरो र स्पष्ट अडियो अनुभव सुनिश्चित गर्ने र मेसिन लर्निङ प्रविधिबाट कलको समयमा प्रयोगकर्ताको आवाज स्पष्ट रूपमा सुन्न सकिने बनाइएको छ।
यसको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने यो अहिले देशभरका सामसङ स्टोरहरूमा उपलब्ध छ । यो बड्स ग्यालेक्सी इकोसिस्टमसँग सजिलै जोडिन सक्ने गरी बनाइएको छ। अटो स्विच सुविधा प्रयोग गरेर ग्यालेक्सी उपकरणहरू बीच सहज रूपमा रूपान्तरण गर्न सकिन्छ। साथै एप विना पनि नियन्त्रण गर्न सकिने, छिटो जडान हुने र संगीत सुन्दा वा कल गर्दा स्थिर कनेक्टिभिटी कायम राख्ने सुविधा रहेको छ ।
सामसङ नेपालका एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी बड्स ३ एफई मार्फत हामी ग्यालेक्सी एआई र स्मार्ट अडियोको शक्ति अझ धेरै प्रयोगकर्तासम्म पुर्याउँदैछौं। यो आकर्षक डिजाइन र पहुँचसहितको यस्तो उत्पादन हो जसले बिना सम्झौता उत्कृष्ट सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्छ । ” ग्यालेक्सी बड्स ३ एफई देशभरका आधिकारिक सामसङ खुद्रा स्टोरहरूमा उपलब्ध हुनुका साथै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधासहित प्राप्त नर्ग सकिने सामसङले जानकारी दिएको छ ।



FACEBOOK COMMENTS