काठमाडौं । सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ । मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो ।
वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ । वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छजना रहनेछन् । प्रसाईं भने वार्तामा सहभागी छैनन् ।
खतिवडाले बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै आफूहरु वार्ताका लागि गृह मन्त्रालय पुगिसकेको बताए ।
FACEBOOK COMMENTS