काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते राज्य पक्षबाट भएको दमनको जिम्मेवारी आफूले नलिने बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले प्रहरीलाई गोली चलाउने आदेश आफूले नदिएका र उक्त घटनाको जिम्मेवारी पनि नलिने बताएका हुन् ।
‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन । मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझ पनि मिटिङमा भनेको छु,’ लेखकले बैठकमा भने, ‘दोस्रो दिन बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई क्याजुटिली नहोस् है । क्याजुलिटी कुनै पनि हालतमा हुनुहुन्न पटक–पटक भनेको छु । त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा बताइसकेका छन् ।’
FACEBOOK COMMENTS