काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी निरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी आजदेखि सेवा निवृत्त भएका छन् ।
बुधबार राति १२ बजेदेखि सेवा निवृत्त जीवनमा प्रवेश गरेका उनले आज सामाजिक सञ्जाल फेसबुकमा छोटो सन्देश साझा गर्दै गहिरो सन्देश दिएका छन् ।
शेक्सपियरको एउटा भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘शेक्सपियरले उहिल्यै भनेका छन रे, तिमी मलाई माया गर या घृणा, दुवै मेरै पक्षमा हुनेछ । माया गर्यौ भने म तिम्रो मुटुमा बास गर्नेछु, घृणा गर्यौ भने तिम्रो मस्तिष्कमा डेरा जमाउनेछु । आज देखि ३० वर्ष लामो प्रहरी सेवाबाट सेवा निवृत्त भएको छु, यो यात्रामा भेट हुनुभएका सबै सबैप्रति उच्च सम्मान छ ।’
सेवा अवधिका क्रममा आफूले माया र घृणा दुवै बेहोरेको जनाउ दिँदै उनले ती दुवै आफ्ना लागि प्रिय भएको बताएका छन् ।
यो पनि पढ्नुहोस्–

अवकाशमा गए आईजीपी खापुङ, आजदेखि दानबहादुर कार्कीले सम्हाल्दैछन् प्रहरी कमाण्ड

FACEBOOK COMMENTS