काठमाडौं । जेन जीका प्रतिनिधि भनिने सुदन गुरुङले जेन जीले राखेका मागहरू पूरा नभएसम्म चुनाव हुन नसक्ने बताएका छन् ।
आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले जेन जीका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए ।
जेनजीका हरेक वार्ताहरूमा गृहमन्त्रीको संलग्नता रहेको र माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भए पनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।
‘समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरूलाई नै बोलाउँछौं,’ उनले भने, ‘माग पूरा नभइकन कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।’
FACEBOOK COMMENTS