एनपीएलको कमेन्ट्री गर्न चोपडा आउने
कर्पोरट खबर
10:07 am, शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको कमेन्टेटर प्यानलमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडा जोडिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको जानकारी दिएको छ ।
भारतका पुर्व खेलाडी रहेका आकाश विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटर मानिन्छ । आकाशले सामाजिक सञ्जालमा आफु पहिलो पटक नेपाल आउन लागेकोमा निकै उत्साहित रहेको बताएका छन् ।
क्यानले यस सिजनको एनपीएलका लागि चर्चित अस्ट्रेलियन प्रजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ ।
यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ ।
FACEBOOK COMMENTS