काठमाडौं । जेनी जी अभियन्ता मिराज ढुङ्गानाले देशलाई निकास दिन सर्वपक्षीय वार्ताका लागि आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा नागरिक समूहद्वारा आयोजित ुव्यवस्था, अवस्था र निकासु विषयक कार्यक्रममा बोल्दै उनले यथास्थितिमै चुनावमा जाँदा जेन जी ले उठाएको परिवर्तनको माग सम्बोधन हुन नसक्ने बताए ।
उनले जेन जीहरू विचार र एजेन्डाका आधारमा विभाजित भए पनि आफू नेतृत्वको समूह भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलगायतका माग सम्बोधन नभएसम्म चुनावमा नजाने पक्षमा अडिग रहेको बताए ।
उनले देशलाई निकास दिने प्रयोजनार्थ सबै ुस्टेकहोल्डरुहरूलाई सर्वपक्षीय वार्ता गरेर सहमतिमा आउन आग्रह गरे ।
FACEBOOK COMMENTS