काठमाडौं । जम्मु–कश्मिरको श्रीनगरस्थित नौगाम प्रहरी कार्यालयभित्रै विस्फोट भएको छ ।
शुक्रबार अबेर राति भएको विस्फोटमा प्रहरी र स्थानीयको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरी र फरेन्सिक विज्ञ टोली हरियाणाको फरिदाबादबाट बरामद भएको विस्फोट पदार्थको नमूना परीक्षण गरिरहेका थिए।
सोही क्रममा विस्फोट भएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोटमा ९ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ । टाइम्स अफ इन्डियाले भने विस्फोटमा ६ जनाको मृत्यु भएको उल्लेख गरेको छ
त्यस्तै २४ जना प्रहरी र ३ जना स्थानीय घाइते भएको पनि टाइम्स अफ इन्डियाले जनाएको छ । प्रहरी कार्यालय परिसरमा रहेका धेरै सवारी साधनमा क्षति पुगेको छ । विस्फोटपछि तत्कालै दमकलहरू घटनास्थलमा खटाइएका थिए । सुरक्षाका लागि प्रहरी स्टेशनतर्फ जाने सबै मार्ग बन्द गरिएको छ ।
FACEBOOK COMMENTS