काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणका निम्ति न्युजिल्यान्डका पूर्वक्रिकेटर मार्टिन गप्टिललाई नेपालमा स्वागत गरेको छ ।
उनी आइतबार नेपाल आइपुगेका हुन् । गप्टिल आधुनिक क्रिकेटको सबैभन्दा परिचित नामहरूमध्ये एक हुन्, जो इनिङको शीर्षक्रममा आफ्नो विस्फोटक ब्याटिङ क्षमताको निम्ति परिचित छन् ।
सन् २०१५ को एकदिवसीय विश्वकपमा गप्टिलले अविजित २३७ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ ९भोलि० गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ ।
FACEBOOK COMMENTS